बाहुण्डाँगी जेठ २५ । पोखरा जेसीजले कोरोनाबाट संक्रमित ५० जना भन्दा बढी विरामीको उद्धार गरेको छ । कोरोना संक्रमित विरामीहरुको उद्धार गरी अस्पतालसम्म पुर्याउने र जाति भएका विरामीलाई घर लैजाने काममा निरन्तर लागि परेको छ । जेसीजले कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य राखी गाउँ गाउँमा भएका विरामीहरुको उद्धार गरिहेको शाखाका बर्ष २०२१ का किरण केसीले बताउनु भयो ।
अध्यक्ष केसीको प्रकरण “युवा नेतृत्व दर्शनलाई बास्तबिकतामा रुपान्तरण गर्दै “भन्ने मुल नारालाइ सार्थकता दिने क्रममा नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस –१९ को दोस्रो भेरियन्टले पुरै देश नै बन्दाबन्दीको चपेटामा पुगेको छ । यस विषम परिस्थितिमा पोखरा जेसीसले पनि आफ्नो सामुदायिक उत्तरदायित्व बहन गर्ने क्रममा आपतकालीन रूपमा “ आपतकालीन टाक्सफोर्स“ गठन गरि माहामारी नियन्त्रण तथा माहामारिमा समुदायको सहयोगार्थ विभिन्न कार्यक्रमहरु गर्दै आहिरहेको छ ।
यसै सेवा अन्तर्गत “हाम्रो समाज हाम्रो अभिभारा“ नारालाइ आत्मसात् गरि निशुल्क रुपमा एम्बुलेन्स सेवा सन्चालन गरिरहेको छ। पोखराको प्रतिष्ठित ब्यवसायिक संस्था हिमालय अगानाइजेसनको गाडी सहयोगमा र स्थानीय स्तरका नेपाल रेडक्रस सोसाइटी कास्की, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिका पोखरा को सहकार्यमा पोखरा जेसीजले संचालनमा ल्याएको निशुल्क अस्थायी एम्बुलेन्स सेवा मिति २०७८ जेष्ठ ७ गते बाट सुरक्षित तबरले बिधिवत रुपमा संचालनमा आइरहेको छ । नितान्त कोरोना संक्रमित बिरामीलाई मध्यनजर गरि सन्चालित एम्बुलेन्स सेवाले पोखरा महानगर भित्र मात्र नभै हालसम्म पोखरा महानगर आसपासका विभिन्न गाउपालिका र नगरपालिकाबाट गरि दैनिक रुपमा ५ देखि ८ जना सम्म बिरामीलाई सेवा दिदै आइरहेको छ ।
हालसम्म करिव ५० जना भन्दा बढी बिरामीलाई सेवा दिइसकेको शाखाका अध्यक्ष इ. किरण केसीले बताउनु भयो । उहाँका अनुसार यस एम्बुलेन्स सेवाले माछापुच्छ्रे गाउपालिकाको भुर्जुङ्गखोला , शुक्लागन्डकी नगरपालिका , पोखरा महानगर भित्रका विभिन्न वडाका संक्रमीत लाई सेवा पु¥याइसकेको छ ।
कोभिड १९ प्रकोप बाट संक्रमित बिरामीहरू अस्पताल सम्मको जनाको सहजताको लागि पोखरा जेसीजको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित निशुल्क एम्बुलेन्स सेवाबाट हाल सम्म निम्न अनुसार को सेवा प्रदान गरिएको छ ।
१. २ जेठ ०७ गते संक्रमीत को लागि अक्सिजन ओसारपसार
२. जेठ ०९ गते बिरामिलाइ सिमलचौर बाट गण्डकी अस्पतालमा लगि पुनः सिमलचौर फिर्ता
३. जेठ १० गते जनप्रीय मार्गबाट गण्डकी मेडिकल कलेज लगियो । रत्नचोकको बिरामिलाइ गण्डकी मेडिकल कलेज बाट मेडिप्लस अस्पताल लगियो । सिमल्चौर बाट गण्डकी अस्पताल घारिपाटन बाट चरक शुक्लागन्डकी बाट मेडिप्लस घारिपाटन बाट मेडिप्लस गरि जम्मा ६ जनाको उद्दार ।
४. जेठ ११ गते गणेशटोलबाट गण्डकी अस्पताल , लम्जुङको बिरामीलाई मेडिप्लस बाट चरक मेमोरियल मझेरिपाटनको बिरामिलाइ चरक मेमोरियलबाट दिर्घायु अस्पताल मनकामना मन्दिरबाट फेवासिटि अस्पताल गरि जम्मा ४ जनाको उद्दार ।
५. जेठ १३ गते नयाँगाउँ बाट न्ःऋ र भुर्जुङ्खोला बाट मेडिप्लस गरि २ जनाको उद्दार।
६. जेठ १५ गते सराङ्कोटबाट पृथ्वीचोक र रिजनल अस्पतालबाट न्ःऋ गरि २ जनाको उद्दार ।
७. जेठ १६ गते पोखरा ४ बाट गण्डकी अस्पताल र रामबजारको बिरामी लाई फिस्टेल बाट गण्डकी अस्पताल गरि २ जनाको उद्दार
८. जेठ १७ गते नालामुखबाट फिस्टेल , महेन्द्रपुलबाट फिस्टेल ,रामकृष्णटोलबाट गण्डकी अस्पताल, ताल्पारीबाट न्ःऋ ,मोहोरियाटोल बाट फेवासिटि गण्डकी अस्पताल बाट सिम्लेलाम गरि जम्मा ६ जनाको उद्दार ।
९. जेठ १८ गते बिरौटाबाट लेकसीटि अस्पताल लगि फर्काइएको । जम्मा १ जनाको उद्दार ।
१०. जेठ १९ गते नालमुख बाट फिस्टेल , सिम्लेबाट लेकसिटि ,लेकसिटि बाट लेकसिटि बाट मेट्रोसिटि हिमालीमार्गबाट मेट्रोसिटि गरि जम्मा ५ जनाको उद्दार ।
११. जेठ २० न्ःऋ बाट लेकसिटि, सराङ्कोटको बिरामिलाइ रिजनल अस्पतालबाट गण्डकी अस्पताल र जाल्पारोडको बिरामिलाइ जनप्रीय अस्पतालबाट गण्डकी अस्पताल गरि ३ जनाको उद्दार ।
१२. २ जेठ २१ गते भुर्जुङ्खोला बाट ३ जना बिरामी को गण्डकी अस्पताल लगि उद्दार गरिएको ।
१३. जेठ २२ गते न्ःऋ बाट पोखरा २३ लगि १ जनाको उद्दार
१४. जेठ २३ गते फिस्टेल बाट महेन्द्रगुफा लगि १ जनाको उदार ।

