संघ \संस्था

कपन जेसिजद्वारा महानगरीय प्रहरी प्रभाग कपनलाई स्वास्थ्य सामाग्री प्रदान

बाहुण्डाँगी जेठ २५ । कपन जेसीसले कपन प्रहरी प्रभागलाइ बिभिन्न किसिमको आवश्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कपन प्रहरी प्रभागमा भएको हस्तान्तरण कार्यक्रममा जेसीसले मास्क, स्यानिटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री प्रहरीलाइ हस्तान्तरण गरिएको थियो । कपन जेसीजका अध्यक्ष नवराज वनले सो सामग्री प्रभागका इन्चार्ज भगवती तिमल्सिनालाइ हस्तान्तरण गर्नु भएको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कपन जेसीज पूर्व अध्यक्ष तथा नेपाल जेसीजका सल्लाहकार विकास श्रेष्ठ, पूर्व अध्यक्ष दीपक अधिकारीसहित कार्यसमितिका उपाध्यक्ष तथा नेपाली काँग्रेसका नेता श्याम तिमल्सिनालागयत १ दर्जन सरकारवालाहरूको उपस्थिति रहेको थियो ।