बाहुण्डाँगी जेठ २५ । पोखरा जेसीज बर्ष २०२१ का अध्यक्षज्युको प्रकरण “युवा नेतृत्व दर्शनलाई बास्तबिकतामा रुपान्तरण गर्दै “भन्ने मुल नारालाइ सार्थकता दिने क्रममा नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस –१९ को दोस्रो भेरियन्टले पुरै देश नै बन्दाबन्दीको चपेटामा पुगेको छ । यस विषम परिस्थितिमा पोखरा जेसीसले पनि आफ्नो सामुदायिक उत्तरदायित्व बहन गर्ने क्रममा आपतकालीन रूपमा “ आपतकालीन टाक्सफोर्स“ गठन गरि माहामारी नियन्त्रण तथा माहामारिमा समुदायको सहयोगार्थ विभिन्न कार्यक्रमहरु गर्दै आहिरहेको छ। यसै सेवा अन्तर्गत “हाम्रो समाज हाम्रो अभिभारा“ नारालाइ आत्मसात् गरि निशुल्क रुपमा एम्बुलेन्स सेवा सन्चालन गरिरहेको छ। पोखराको प्रतिष्ठित ब्यवसायिक संस्था हिमालय अगानाइजेसनको गाडी सहयोगमा र स्थानीय स्तरका नेपाल रेडक्रस सोसाइटी कास्की, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिका पोखरा को सहकार्यमा पोखरा जेसीजले संचालनमा ल्याएको निशुल्क अस्थायी एम्बुलेन्स सेवा मिति २०७८ जेष्ठ ७ गते बाट सुरक्षित तबरले बिधिवत रुपमा संचालनमा आइरहेको छ । नितान्त कोरोना संक्रमित बिरामीलाई मध्यनजर गरि सन्चालित एम्बुलेन्स सेवाले पोखरा महानगर भित्र मात्र नभै हालसम्म पोखरा महानगर आसपासका विभिन्न गाउपालिका र नगरपालिकाबाट गरि दैनिक रुपमा ५ देखि ८ जना सम्म बिरामीलाई सेवा दिदै आइरहेको छ । हालसम्म करिव ५० जना भन्दा बढी बिरामीलाई सेवा दिइसकेको शाखाका अध्यक्ष इ. किरण केसीले बताउनु भयो । उहाँका अनुसार यस एम्बुलेन्स सेवाले माछापुच्छ्रे गाउपालिकाको भुर्जुङ्गखोला , शुक्लागन्डकी नगरपालिका , पोखरा महानगर भित्रका विभिन्न वडाका संक्रमीत लाई सेवा पु¥याइसकेको छ ।
कोभिड १९ प्रकोप बाट संक्रमित बिरामीहरू अस्पताल सम्मको जनाको सहजताको लागि पोखरा जेसीजको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित निशुल्क एम्बुलेन्स सेवाबाट हाल सम्म निम्न अनुसार को सेवा प्रदान गरिएको छ ।
१. २०७८÷०२÷०७ गते संक्रमीत को लागि अक्सिजन ओसारपसार
२. २०७८÷०२÷०९ गते बिरामिलाइ सिमलचौर बाट गण्डकी अस्पतालमा लगि पुनः सिमलचौर फिर्ता
३. २०७८÷०२÷१० गते जनप्रीय मार्गबाट गण्डकी मेडिकल कलेज लगियो । रत्नचोकको बिरामिलाइ गण्डकी मेडिकल कलेज बाट मेडिप्लस अस्पताल लगियो । सिमल्चौर बाट गण्डकी अस्पताल घारिपाटन बाट चरक शुक्लागन्डकी बाट मेडिप्लस घारिपाटन बाट मेडिप्लस गरि जम्मा ६ जनाको उद्दार ।

