संघ \संस्था

व्यासनगर जेसीजद्धारा दैनिक विरामीको उद्धार गर्दै, सोमवारमात्र ५ जना विरामीको उद्धार

बाहुण्डाँगी जेठ २५ । तनहुँको ब्यास नगर जेसीसले सुरु गरेको निशुल्क एम्बुलेन्स सेवाले निरन्तर विरामीको उद्धार कार्यमा खटिरहेको छ । जिल्लाका विभिन्न गाउँमा उपचार गर्न यातायाताको समस्यमा परेका होस या आर्थिक अवस्थाले अस्पतालसम्म पुग्न नसकेका विरामी हुन् सबैको सारथी व्यासनगर जेसीज बन्दै आएको छ । शाखाका अध्यक्ष एवं समाजसेवी लक्ष्मीभक्त खनालको नेतृत्वमा सोमबार मात्रै ५ ठाउँमा बि प त मा परेकाको उद्धार गरिएको थियो ।

यो अभियानमा शाखाका पदाधिकारीसहित अध्यक्ष आफै अग्रपंक्तिमा रहेर काम गरिरहनु भएको छ । व्यास ६ सिसाघाटबाट गर्भवती महिलालाई दमौली अस्पताल पुर्‍याइएको थियो । त्यसैगरी व्यास १४ छाब्दीबाट बौद्धिक अपांगलाई दमौली अस्पताल पुर्‍याउनु भयो भने, मिनमाया थापा मृग्रौला पीडितलाई अस्पतालबाट रिसिङ १ कोईदिम घर सम्म लगिदिनु भयो ।

उहाँले हिजो, ७२ वार्षिक दमको बिरामी सुकराम बिकलाई दमौली अस्पताल पुर्याइदिनु भयो भने मृुगौुला पीुडिुत म(माया थापालाई अस्पतालबाट म्याग्दे २ पसले पुर्‍याउनु भएको छ ।

निषेधाज्ञाका कारण सहजै सवारीसाधन पाउन मुस्किल हुने भए पछि निजि र रिजर्भ चड्न नसक्नेका बिुपन्न बिरामीको लागी जेष्ठ ३१ सम्मको लागी व्यास नगरमा निशुल्क सेवा उपलब्ध गराईएको खनालले बताउनु भयो ।

साथै उक्त कार्यलाई साथीभाईको सहयोग रहेको भन्दै कार्य गर्न प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।