सञ्जित काफ्ले
झापा, भदौ ४ । साथी….शब्द नै कति प्यारो लाग्छ।सम्झिँदै मुहारमा हाँसो बोकेर आउने यो शब्द मलाई जिन्दगीको भागदौडमा आउने कयौँ घुम्तीहरु जस्तै लाग्छन् ।जीवनमा साथीहरु भेटिने क्रम जारी नै रहन्छ तर सबैभन्दा प्यारो को बन्छ र हाम्रो जीवनमा महत्त्वपूर्ण हुन्छ त्यो सबै समय ले नै बताउदो रहेछ।पार्टीमा साथ दिने साथीभन्दा हाम्रो जीवन का हरेक पाटाहरु मा साथ दिने साथी सधैं प्यारो र मनमा बसिरहन्छन्।
जति जति उमेर बढ्दै जान्छ असल साथीको साथ पाउन उतिनै मुस्किल हुन्छ ।धेरै जसो सम्बन्धहरू यहाँ आवाश्यक्ता हेरेर जोडिन्छ जुन पुरा भइसकेपछि त्यसैले कुनै अर्थ राख्दैन।तर बाल्यकालका साथीहरुको भने कुरो नै अलग हुँदो रहेछ ।त्यहाँ कुनै स्वार्थ नै हुँदैन थियो हुन्थियो त केबल खुसी।
स्कुल कलेज इन्टरनेट या अन्य माध्यमबाट जोडिएका धेरै जसो साथीहरु सँगको सम्बन्ध क्षणिक हुन्छ बढ्दो उमेरसँगै देखिएको सपना, रहर ,जिम्मेवारी र बाध्यताले ती साथीहरुबाट टाढा पुर्याइदिन्छ।पहिले पहिले “लाइफ इज इन्टरटेनमेन्ट “भन्दै हिँड्ने पाहिलाहरु बिस्तारै “लाइफ इज म्यानेजमेन्ट ” भन्ने महसुस गरी आफ्नो गति लिन थाल्छ ।
सबै को आफ्ना आफ्ना सोच आफ्नै सपनाहरू हुन्छ्न्। कोही बाध्यतामा अल्झिएका हुन्छन त कसैको आफ्नै परिवारीक समस्या र यी सबै कुराहरु सँग सम्झौता गर्दै अघि बढिरहेका हुन्छन् ।यसरी हिँड्दै जाँदा जो हाम्रा दुख सुख हरेक पलमा साथ दिने साथी हुन्छ ऊ नै एक असल मित्र हुन्छ।सबै साथीहरु साथमा छैन्न भनेर गुनासो गर्नु भन्दा उनीहरुले के कति प्रगति गर्दै छन् त्यो हेरेर आफुले पनि केही सिक्ने र उनिहरुलाई पनि हौसला र साथ दिनु नै एक असल साथीको कर्तव्य हो।

