विविध

धुलाबारीमा क्लोथ बैंक सञ्चालन, अबदेखि गरीब–असहायलाई निशुल्क कपडा

मेचीनगर। झापाको मेचीनगर–१० स्थित धुलाबारीमा क्लोथ बैंक शुरु भएको छ। असहाय तथा विपन्न व्यक्तिलाई निशुल्क कपडा वितरण गर्ने उद्देश्यले क्लोथ बैंक सञ्चालनमा ल्याइएको मेचीनगरका युवा अभियन्ता एवम् पहलकर्ता श्रृजित ढुंगानाले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।

बिहिबारबाट सुरुवात गरिएको कपडा बैंकको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन गरेका थिए । प्रवक्ता शर्माले युवा अभियानले गरेको सामाजिक कार्यको सफलताको शुभकामना व्यक्त गर्दै यस अभियानमा सबैले सहयोग गर्न समेत आग्रह गरे ।

पुराना कपडा संकलन गरेर विभिन्न उमेर समूहका विपन्न र गरिवलाई निशुल्क वितरण गरिने युवा अभियानका संयोजक श्रृजितले जनाएका छन् । साथै उनले अर्थिक रुपले सक्षम जोकोहीले पनि नयाँ वा प्रयोग गर्न मिल्ने कपडा बैंकमा जम्मा गर्न सक्ने जनाएका छन् ।

कार्यक्रम आगामी चैत सम्म संचालन हुनेछ । प्रत्येक दिन बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म संचालन हुने पनि ढुङ्गानाले बताए ।