बाहुण्डाँगी । बुद्धशान्ति, असोज ४ । बुधबारे जेसीजको जेसीज सप्ताह आज सोमबार सकिएको छ । भदौ ३० देखि शुरू भएको सप्ताह ७ बटा कार्यक्रम सम्पन्न गर्दै आज सकिएको हो ।
सप्ताहको अन्तिम दिन आज शान्तिनगर स्वास्थ्य चौकीमा रक्तदान र निशुल्क दन्त परीक्षण शिविर आयोजना भयो । सो कार्यक्रमको संयोजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौला रहेका थिए ।
बुधबारे जेसीज बर्ष २०२१ मा यो समेत गरि ३ पटक रक्तदान आयोजना गर्यो । यसैबीच आज नै जेसीज सप्ताह समापन कार्यक्रम पनि गरिएको छ । अध्यक्ष अनिल वाग्लेको सभापतित्व र बुद्धशान्ति ५ का वडाध्यक्ष बाशुदेव खतिवडाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । सो अवसरमा सप्ताह कार्यक्रमका सबै संयोजक र सहयोगी संस्थालाई मायाको चिनो प्रदान गरिएको छ ।
मुकेश भट्टराईको मूल संयोजकत्वमा सप्ताह संचालन गरिएको थियो ।

