विविध

महा मानव डा गोपाल गुरुङ पुस्तकको बिमोचन

झापा, असोज ५ । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेद्वरा लिखित पुस्तक महा मानव डा गोपाल गुरुङको एक कार्यक्रमको बीच  बिमोचन भएको छ ।

झापाको  मेची नगर पालिका २ मा रहेको मंगोल रिसर्च सेन्टरको सभाहलमा मंगोल भिजन राष्ट्रिय  साप्ताहिकले आयोजना गरेको एक कार्यक्रमका बीच संगठनका वरिष्ठ केन्द्रीय सदस्यदय शान्तिलाल धिमाल र दिलिप याङ्मा राइले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गर्नु भएको थियो ।

पुस्तक बिमोचन कार्यक्रम लाई सम्बोधन गर्दै पुस्तकका लेखक तथा कार्यक्रमका प्रमुख अतिथि बुद्धलाल मेचेले एम एनओका संस्थापक डा गोपाल गुरुङ के कति कारणले महा मानव हुनुहुन्छ र किन उहालाई किन महा मानव  मान्ने भन्ने बारेमा प्रष्ट पार्नु भयो  । त्यस्तै उहाले डा गुरुङको बिषयमा अबको नया पुस्ताहरुले जान्न , बुझ्न सकुन भनेर आफुले पुस्तक प्रकाश गरेको बताउनु भयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ , केन्द्रीय प्रचार सचिब मणि पापो , वरिष्ठ केन्द्रीय सदस्यदय शान्ति लाल धिमाल , दिलिप याङामा , केन्द्रीय सदस्यहरु गणेश राई , अकल तामाङ , श्याम लिम्बू, प्रबिना थापा मगर , करण सिह नेपाली , प्रदेश न १ का सचिब सागर राई , मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तवा , रुपन्देही जिल्ला अध्यक्ष कुल वीर घती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रवन्ध राज कुमार गुरुङको सभा अध्यक्षतामा भएको कार्यक्रममा साप्ताहिकका सम्पादक दिलिप धिमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सह सम्पादक लासिमहाङ लिम्बुले संचालन गरेका थिए ।