धर्म संस्कृती विश्व

नेपाली भाषालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्छः सिक्किमका मुख्यमन्त्री गोले

झापा । नेपाली भाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी लाग्नु पर्ने बताए।

सिक्किमको राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई विश्वमा चिनाउनु पर्नेमा जोड दिए ।

ुकार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गोलेले नेपाली भाषीको विश्वमा आफ्नो छुट्टै पहिचान रहेको अवगत गराउदै त्यसलाई जिवन्त राख्न सबै नेपाली भाषी आ–आफ्नो क्षेत्रबाट कम्मर कसेर लाग्नुपर्ने बताए । पछिल्लो समय नेपाली भाषीले नै नेपाली भाषालाई अपहेलना गर्ने गरेको टिप्पणी गरे । उनले भने‚ ‘हामी कुनै आवेदन पत्र लेख्नुप¥यो भने अंग्रेजी भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलन गरिरहेका छौं।’ आफ्नो भाषालाई आफैंले बलियो बनाउनुपर्ने बताए ।

भारतको संविधानको आठौँ अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको बताउँदै मुख्यमन्त्री गोलेले भारतको देशको संसद्मा पनि सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेको बताए।

त्यस्तै सिक्किम साहित्य उत्सवको प्रमुख आकर्षकका रुपमा नेपालका चर्चित युवा कवि नवराज पराजुली रहेका थिए । कवि पराजुलीले सिक्किमेली दर्शक श्रोतामाझ ‘जो मान्छे तिमीबाहेक अन्त सुरक्षित छैन’, म बटुवा होइन बाटो हुँ, हेप्पी बर्थडे मेरो छोरा, म एक्लै एक्लो छैनलगायतका संगीतमय कविता वाचन गरेका थिए ।

दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई ९जुमेली०लगायतले पनि साहित्य उत्सवमा आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए ।

त्यस्तै सिक्किममा पर्यटन, खेलकुद, चलचित्र, कृषि लगायतको महोत्सव मनाउँदै आएकोमा सन् २०२२ देखि हरेक वर्ष राज्य सरकारले नै हरेक साहित्य महोत्सव मनाउने पनि मुख्यमन्त्री गोलेले बताए । साहित्य महोत्सवमा नेपाली, लेप्चा, भोटिया, राई, लिम्बु, हिन्दी, मगर, तामाङ, नेवार लगायतको भाषाको संरक्षण नै यसको उद्देश्य रहने उनको भनाइ छ।