संघ \संस्था

बुटवल जेसीजको अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित

बाहुण्डाँगी । बुटवल जेसीजका लागि २०२२ को अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित हुनु भएको छ । आज सम्पन्न शाखाको अधिवेशनले भुषाललाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा चन्द्रकान्त डुम्रे र अर्जुन खनाल, उपाध्यक्षहरुमा माधव पराजुली, रमेश अर्याल, शशिराज बल्बासे र लक्ष्मण शर्मा, सचिवमा रमेश पाण्डे तथा सहकोषाध्यक्षमा विनो पोखरेल निर्वाचित भएका छन् ।