स्वास्थ्य

नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको सचिवमा डेनु

मेचीनगर । नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको ८ औ अधिवेशन सम्पन्न भएको छ । बिहिबार सप्पन्न अधिवेशनबाट संघको सचिवमा युवा समाजसेवी डेनु मगर निर्वाचित भएका छन् ।

May be an image of 7 people, people standing, outdoors and tree

संघको अध्यक्षमा महेशलाल मेचे र उपाध्यक्षमा पुन्य प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै संघको सह–सचिवमा भिम निरौला र कोषाध्यक्षमा भुवन सिंह कार्की चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा शिव शंकर साह, लक्ष्मी प्रसाद सापकोटा, खगेन्द्र रिजाल, राम ब श्रेष्ठ र टंक प्रसाद पौडेल चयन भएका राम गिरीले जनाए ।