ललितबहादुर प्रधान
मेचीनगर । नेवाः देय् दबु, वडा कार्यसमिति मेचीनगर ८ को आयोजनामा आयोजित लाखेनाच तथा नेवारी पुजाआजा सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । लक्ष्मी श्रेष्ठ र विरेन उदासले प्रशिक्षण दिएको तालिममा वडाबाट नेवार समुदायका ११ जनाले सहभागीता जनाएका थिए ।

याक्थुङ्ग चुम्लुुङ्गमा आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष विकेन्द्र धिमालले बहुभाषिक, बहुसास्कृतिक र विभिन्न जातजातीहरुको नेपालमा बसोबास रहेको बताउदैं सबैले आ–आफ्नो कला संस्कृतिको संरक्षण गर्नु पर्ने जनाए । त्यहि अभियान अन्तर्गत वडाले पनि यी र यस्ता कार्यक्रमको लागि सहयोग गर्ने गरेको बताए ।

नेवाः देय् दबु, वडा कार्यसमिति मेचीनगर ८ का अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिका रुपमा नेवाः देय् दबू, जिल्ला कार्यसमिति, झापाका अध्यक्ष दिनेश शाक्य रहेका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा नेवाः देय् दबू, मेचीनगर समिति अध्यक्ष जीवन कुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ, मेचीनगर समन्वय परिषदका अध्यक्ष ओम प्रकाश खापुङ्ग, नेपाल थामी समाज, जिल्ला कार्यसमिति झापाका सल्लाहकार लाल बहादुर थामीको रहेको थियो ।
त्यस्तैगरी कार्यक्रममा मेचीनगर ८ का वडा सदस्यद्वय सन्तोष मेचे र गंगा पाठक, नेकपा एमाले मेचीनगर ८ का वडा अध्यक्ष विष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापती गिरिराज धमला, आदर्श धिमाल समाजका अध्यक्ष रघुनाथ धिमाल, दशरथ खडिया, रेनु श्रेष्ठलगायतको अतिथ्यता रहेको थियो ।

आयोजक समितिका सचिव रोहित कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत समितिकी कोषाध्यक्ष सोभा श्रेष्ठले गरेकी थिईन् ।

