विविध

पूर्वीनाकामा फहरायो राष्ट्रिय झण्डा

झापा । पूर्वीनाका काँकरभिट्टा अन्तर्गत मेची पुलमा आज नेपाली राष्ट्रिय झण्डा राखिएको छ । स्थानीय सामाजीक युवाहरुको पहलमा यसअघि पुरानो भएको झण्डालाई हटाउँदै आज नयाँ झण्डा राखिएको हो ।

मेची पुलमा यसअघि पनि झण्डा राखिएको थियो । तर उक्त झण्डा पुरानो भइरहँदा कसैले पनि यसप्रति खासै चासो देखाएका थिएनन् । पूर्वीनाका नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्धार भएका कारण पनि नाकामा राष्ट्रियता झल्काउने उद्देशय साथ समाजसेवी विकास देवकोटाको नेतृत्वमा युवाहरुले आज नयाँ झण्डा फहराएको हो ।

नयाँ झण्डा राखिएसगैँ नाकाको मुहार पनि फेरीएको सिमामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । “झण्डा पुरानो हुदाँ नाकाको सुन्दरता कतै हराएजस्तै भएको थियो, अब फेरी नयाँ झण्डाले छुट्टै सुन्दरता झल्काइदिएको नाकामा खटिएका सुरक्षाकर्मीले बताए ।

सिमामा देशको पहिचान सजाउँदै राष्ट्रिय झण्डा फहराउन पाउँदा अत्यन्तै खुशी लागेको स्थानीय युवाहरुले बताएका छन् । कार्यक्रममा युवा समाजसेवी देवकोटा, राजन पाठक, गणेश कार्की, पत्रकार प्रविन अधिकारी, नवराज सुवेदीलगायतको उपस्थिती रहेको थियो ।