नरेन इलामेली
इलाम । इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
बिहिबार बिहान मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिका ४ पहिरो स्थित झापा बाट इलाम तर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नं. को खालि पिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल झरि दुर्घट्ना हुँदा उक्त पिकअपमा सवार चालक सहित ३ जना मध्ये दसई जनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा झापाको मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ५५ को रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० को सुर्य वहादुर थापाको घट्ना स्थलमा नै मृत्यु भएको हो । सवारी चालक जिल्ला झापा मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ३३ को अर्जुन कोइराला समते गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेको प्रहरी चौकी किटेनीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलिले उद्धार गरि उपचारको लागि झापाको विर्तामोड स्थित वि.एण्ड सी.अस्पताल पठाइएको र दुर्घटनाबार थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

