खेलकुद

झापा जिल्ला फुटबल संघको अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’

बिर्तामोड । झापा जिल्ला फुटबल संघको नेतृत्वमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत भएका छन् । मामा संघको चौँथोपटक अध्यक्षमा चयन भएका हुन् । धुलाबारीमा आज सम्पन्न आठौँ साधारणासभाबाट मामाको नेतृत्व १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षत्रयमा टिकाराम प्रसाई, मनेष दाहाल र सञ्जय राई रहेका छन् । तीन उपाध्यक्ष पदमा भने Read More…

खेलकुद

विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी

झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा विराट वारियर्स र सनराइज काँकरभिट्टा विजयी भएका छन् । काँकरभिट्टा माविको खेलमैदानमा भएको पहिलो खेलमा धुलाबारी टाइगर्सलाई १८ रनले पराजित गर्दै विराट वारियर्सले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्यस्तै दोस्रो खेलमा बोस्टन ब्लास्टर्स विरुद्ध सनराइज काँकरभिट्टाले ६ विकेटको जित Read More…

अर्थ

आगलागीबाट मर्डी परिवारको बिचल्ली, सहयोग गरिदिन आग्रह

मेचीनगर । तीन महिना नपुग्दै दुई पटक आगलागी हुँदा झापा मेचीनगकी बच्चामाया मर्डीको बिचल्ली भएको छ । आर्थिक अवस्था कमजोर रहेकी मेचीनगर १४ प्रणामी टोल स्थित मजदुर टोलकी मर्डी बारम्बार आगलागीबाट पिडित भएपछि अहिले समस्यामा परेकी हुन् । गत माघ १४ गते आगलागी हुँदा घरसंगै नगद ६ लाख सहित भए भरका लत्ताकपडा, भाडाकुडा, कागजात जलेर Read More…

स्वास्थ्य

साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका हुन् । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च विएण्डसीले व्यहोर्ने प्रसाईको भनाई छ । हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा Read More…

विविध

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड

बिर्तामोड। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका Read More…

खेलकुद

रसोइ झापा सुपर लिग क्रिकेटमा आज दुई खेल हुँदै

झापा । झापाको काँकरभिट्टामा जारी रसोइ झापा सुपर लिग प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा काँकरभिट्टा माविको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा विराट वरियर्स र धुलाबारी टाइगर भिड्दै छन् । त्यस्तै आज नै हुने दोस्रो खेल बोष्टर्न ब्लाष्टर र सनराइज काँकरभिट्टा बीच हुने आयोजक समितिका अध्यक्ष हिमाल Read More…

अर्थ

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

काठमाडौं । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने Read More…

संघ \संस्था

कनकाई नगरपालिकाले कोरोना कालमा खेलेको भूमिका

चन्द्र बस्नेत सुरुङ्गा । स्थानीय सरकारको रूपमा रहेको झापाको कनकाई नगरपालिकाले कोरोना महामारीका समयमा महत्वपूर्ण भूमिका निभाएको छ । विश्व कोरोना भाइरस महामारीबाट देशभर आतङ्क सिर्जना भइरहेको वेला कनकाई नगरपालिकाका जनप्रतिनिधि तथा नगरको स्वास्थ्य शाखाले नगरवासीको रक्षाका लागि स्वास्थ्यपचार लगायतका स्वास्थ्य क्षेत्रमा विविध कार्य गर्दै आएको छ । कोरोना कहरका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा Read More…