राजनीति

निर्वाचित भए सेवासुविधा केहिपनि लिनेछैनः पुरी

कनकाई । झापाको कनकाई नगरपालिकामा एक खुल्ला महिला वडा सदस्यकी प्रत्यासीले आफु निर्वाचनमा निर्वाचित भए पाएको सेवा सुविधा नलिने घोषण गरेकी छिन् ।

कनकाई १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट खुल्ला महिला सदस्यको उम्मेदवारी दिएकी गीता कट्टेल पुरीले आफुले निर्वाचित भए जनप्रतिनिधि वापत पाउने सबै सेवासुविधा गरिब, दुःखी र असाहयका लागि खर्च गर्ने घोषण गरेकी छिन् ।

समाजसेवामा सक्रिय पुरी बिशेषगरी महिलाको हक हितका लागि सधै लड्ने गरेकी छिन् । समापमा सशक्त रुपमा अन्यायकाम विरुद्ध सधै आवज बुलन्ध पार्ने पुरी यसपटक जनप्रतिनिधि भएर जनताको सेवा गर्ने ईच्छा रहेको बताउँछिन् । साथै उनले आफुलाई सबै वडाबासीले मत दिएर जिताउनेमा विश्वस्त रहेको पनि बताउँछिन् ।