राजनीति

एमाले मेचीनगरको घरदैलो कार्यक्रम सम्पन्न

मेचीनगर । नेकपा एमालेले मेचीनगरमा चुनावी घरदैलो तथा कोण सभाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

एमाले मेचीनगरको निर्वाचन परिचालन कमिटीको तालिका अनुसार सोमबार वडा नम्बर २ र ३ मा भएको कोण सभासहित १५ वटै वडामा सो कार्यक्रमहरु सम्पन्न भएको हो ।

मेचीनगर–२ को मेची जनसाधरण मावि उत्तर भगवती समाज, सिंहदेवी चोक, दिप ज्वाती, भृकुटी चोक, बौद्वमोड लगायतका ठाउँमा कोणसभा सम्पन्न भएको छ । धरधरेका माओवादी केन्द्रका वडा सदस्य देवकुमार बराइली एमालेमा प्रवेश गरेका छन् ।

वडाध्यक्षका प्रत्यासी उम्मेद्वार दिपक बराल तथा वडा सदस्यहरु बेनुप राई, डाकमान राई, डम्बरी बराइली र सीता मोते उम्मेद्वारको रुपमा छन् । कार्यक्रमको सञ्चालन नगर सदस्य पूर्ण खड्का र वडा सदस्य चन्द्रमणि ढकालले गरेका थिए ।

त्यस्तै मेचीनगर–३ को मले चोक, वडा गाँउ, बेशी बजार, खम्बुटार, गोलेटार, तिम्सेने चोक, नाज चिया बगानको धुरा वस्ती लगायतका ठाउँमा कोणसभा सम्पन्न भएको छ । शान्ति चोकका माओवादी केन्द्रका वडा सदस्य नारायण खड्का एमाले पार्टीमा प्रवेश गरेका छन् ।

वडाध्यक्षका प्रत्यासी उम्मेद्वार हर्कबहादुर वस्नेत तथा वडा सदस्यहरु ख्याम सावाँ, गीता पोखरेल, फुलमाया रोक्का र किशोर भट्टराई उम्मेद्वारको रुपमा छन् । कार्यक्रमको सञ्चालन नगर सदस्य रविन भट्टराई गरेका थिए । कोणसभाको सहजकर्ताका रुपमा रमा भण्डारी र टिकाराम मंग्राती थिए ।

कोण सभामा मेयर पदका उम्मेद्वार गोपालचन्द्र बुढोथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती, एमालेका केन्द्रीय सदस्य एवम झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास, रमा भण्डारी, रामचन्द्र उप्रेती लगायतले कालोपत्रे सडक, सिञ्चाई, खानेपानी, बिजुली, हात्ती लगायतका विषयमा स्थानीयको माग सम्बोधन गर्ने बताएका थिए ।

पन्ध्र वटै वडाका कोण सभाहरुमा प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, एमालेका नेताहरु हरिचरण बानियाँ, राजु कार्की, राजु पोखरेल, मोहन काजी, भुपाल शिवाकोटी, भुपाल ओली, निरु परियार, हरिदास ढुंगाना, ह्दय राजबंशी, पर्शुराम राजबंशी, चन्द्र प्रसाई, भरत राई, सुभाष मिजार, गणेश खरेल, संगीता थापा, अञ्जु वर्देवा, यामनाथ बराल, देवी भट्टराई, निलकण्ठ तिवारी, निर्मला गौतम, सन्तोष मेचे, सुदर्शन बराल, देवकुमार राई, शुशिल आचार्य, रोशन अग्रवाल, राम ओली, पूर्ण धिमाल, युवराज कट्टेल, लक्ष्मीप्रसाद उप्रेती, पुष्पा भण्डारी, रेणुका डाँगी, राजु धिमाल, जानुका ओली, ऋषिराज तिम्सिना, दिपेन्द्रराज पाण्डे, सरोज मेहरा लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय रुपमा सहभागीता रहेको थियो ।