तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ । पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा परेको नेपाल टेलिभिजन कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन । विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ । नेपाल टेलिभिजन कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।
विमान आज विहान करिव १०:३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । नेपाल टेलिभिजन

