बाहुण्डाँगी । कालिका जेसीजको आयोजनामा प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ । शनिबार सम्पन्न तालिममा ४० जना सहभागी रहेका थिए ।
नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालको प्रमुख अतिथि रहेको सो तालिमका प्रमुख प्रशिक्षकमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी रहेका थिए ।

कार्यक्रममा कालिका जेसीजका संस्थापक अध्यक्ष नगेन्द्र तिमिल्सिना, कालिका नगरपालिका( १ का अध्यक्ष सन्तवीर स्याङ्तान, निवर्तमान अध्यक्ष लीलाबहादुर गुरुङसहित स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शाखा अध्यक्ष मेनका थापा अधिकारीको अध्यक्षता भएको सो कार्यक्रम सदस्यहरूको क्षमता, व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

संस्थाका कानूनी सल्लाहकार अमृत अमगाईंको संयोजनमा सम्पन्न कार्यक्रममा बोर्ड सल्लाहकार कृष्ण पौडेलले जेसीजको आस्था पाठ गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव प्रेम भट्टराईले गर्नु भएको थियो ।

