मेचीनगर । मेचीनगर-१० धुलावारी निवासी निता पोखरेलको ‘प्रयास’ नामक पहिलो कविता संग्रह लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आज पूर्व मन्त्री योगेश भट्टराईले गरेका हुन् ।

पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्य मार्फत प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ नामक कविता संग्रहले पनि समाजमा सकरात्मक प्रभाव छोडने विश्वास व्यक्त गरे ।
पुस्तकमाथि समीक्षा गर्दै डा.देवी नेपाल र रिसव घिमिरेले पोखरेलको कविताले समसामयिकता बोकेको बताए ।

प्रमुख अतिथि पूर्व मन्त्री भट्टराईसहित अतिथिहरु सविधानसभा सदस्य रविन कोईराला, डा देवी नेपाल र रिसव घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । डा मिना उप्रेतीले स्वागत तथा अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा बिष्णुकुमारी पोखरेल, डा मिना उप्रेती, बिजय चालिसे, सुमन बर्षालगायत विभिन्न साहित्यीक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

