संघ \संस्था

स्थापनाको तेस्रो वर्षमै बर्दघाट जेसीज नेपाल जेसीजबाट पुरस्कृत

बाहुण्डाँगी । स्थापना भएको तेस्रो वर्षमै बर्दघाट जेसीज नेपाल जेसीजबाट पुरस्कृत बन्ने सौभाग्य प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड बर्दघाटले प्राप्त गरेको छ । क्षेत्र घ का शाखाहरु मध्येबाट उत्कृष्ट शाखा बन्दै जुलाइ महिनाको जेसीज अफ द मन्थको अवार्ड बर्दघाटने प्राप्त गरेको हो । २०१९ मा स्थापना भएको बर्दघाटले यो छोटो समयमो प्राप्त गरेको नेपाल जेसीजको ठूलो सम्मान हो । शाखाहरु स्थापना भएर सञ्चालन गर्न निकै कठिन हुने गरेको छ । शाखाले आफ्नो क्षेत्रमा गर्ने हरेक कार्यक्रमहरु नेपाल जेसीजले मुल्याकंन गर्ने गरेको हुन्छ । सोही मुल्याकंनको आधारमा जुलाइ महिनाको अवार्ड यो शाखाले जित्न सफल भएको हो । अवार्ड पाएपछि आफ्नो फेसबुक वालमा पोष्ट गर्दै शाखा अध्यक्ष दिनेश न्यौपानेले शाखाका पदाधिकारीहरु, संस्थापक अध्यक्ष तथा पश्चिम नवलपुरका आम जेसीज मनहरुको सहयोगमा सफल भएको भन्दै खुसी व्यत्त गर्नु भएको छ ।