संघ \संस्था

थानकोट जेसीजलाई एरिया सि को जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । वर्ष २०२२ को जुलाई महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको थानकोट जेसीज नेपाल जेसीजबाट पुुरस्कृत भएको छ । बुधवार सार्वजनिक गरेको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत थानकोट जेसीजले जुलाई महिनाको अवार्ड प्राप्त गरेको हो । एरिया सिका ३६ वटा शाखालाई उचिन्दै थानकोटले उपाधी हात पारेको हो । एरिया सिका शाखाहरुमा उत्कृष् कार्य सम्पादन गर्दै थानकोटले जुलाईको अवार्ड प्राप्त गरेको हो । हरेक महिना उत्कृष्ट कार्य गर्दै आएको थानकोटका लागि यो महिना उपलब्धी प्राप्त गरेको छ । अवार्ड प्राप्त पछि शाखाका अध्यक्ष रोशन दानीले यो सफलता प्राप्त गर्न साथ र सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नु भयो ।