संघ \संस्था

शुक्रवारबाट नारायणगढ एकाडेमी सुरु

बाहुण्डाँगी । नारायणगढ जेसीजको आयोजनामा शुक्रवारबाट दुई दिने नारायणगढ एकाडेमी फर एचिभ एण्ड लिडर्स सुरु हुँदैछ । अशोका रिसोर्ट जुगेडीमा हुने एकाडेमीको उद्घाटन नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले गर्ने कार्यक्रम तय भएको एकाडेमीका निर्देशक अमर घिमिरेले बताउनु भयो । ऊक्त तालिम तालिम क्षेत्रका बादशाह भनेर परिचित तथा नेपाल जेसीजका पूर्व राष्टिय कार्यकारीणी उपाध्यक्ष जेसीआई सिनेटर सन्देशदास श्रेष्ठले दिनु हुनेछ । एकाडेमीमा भाग लिन देशभरका जेसीज युवाहरु चितवनको नारायणगढ पुगिसकेका छन् भने कोही जाने क्रममा छन् । तालिममा ४२ जना पशिक्षार्थी सहभागि हुने शाखाका अध्यक्ष अमृत श्रेष्ठले बताउनु भयो । एकाडेमीका लागि हिमालयन बैंक, एक्सपट भिषा सर्भिस फुरनिटिक रहे्का छन् । स्मरण रहोस नरायणगढ जेसीज २०१९ को टट तालिम उत्कृष्ट रुपमा सम्पन्न गरिसकेको छ ।