बाहुण्डाँगी । बुटवल जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०२२ अन्तर्गत साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम तथा जेसिज सप्ताह आज सम्पन्न भएको छ । बुटवल जेसिजका अध्यक्ष जेसि चन्द्रमणि भुसालको अध्यक्षता बुटवल जेसिजका मिडिया संयोजक आबिस्कार खनालको स्वागत मन्तव्य मुल संयोजक चन्द्रकान्त डुम्रेको आस्था पाठ , महासचिव मोहन न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब निरीक्षक बेगम खनालले साइबर क्राइम सम्बन्धि सचेतना प्रदान गर्नु भएको थियो ।

बुटवल जेसिजका पुर्ब अध्यक्ष नेपाल जेसिजका पुर्ब रास्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलको सुभकामना मन्तव्य रहेको सो कार्यक्रमका प्रमुख अतिथि बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल जेसिजले समय सापेक्ष र हाल समस्याको रुपमा रहेको विषयबस्तुलाई मध्यनजर गर्दै कार्यक्रम गरेको भन्दै धन्यवाद दिनुभयो भने बुटवल बनाउने अभियानमा जेसिज लगायतका संघ सस्था सग सहकार्य गर्दै अगाडि बढ्ने जनाउनु भयो ।

कार्यक्रममा बुटवल कालिका क्याम्पस , एम्स कलेज , अक्सफोर्ड कलेज , बुटवल बहुमुखी क्याम्पस लगायतका बिद्यार्थी तथा शिक्षक प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रतीनिधि , बुटवल जेसिजका पुर्ब अध्यक्ष एवं सल्लाहकारहरु, बोर्डका पदाधिकारीहरु , जेसिज सदस्यहरु लगायतको उपस्थिति रहेको जेसिजका मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिनुभयो ।

