बाहुण्डाँगी । नेपाल जेसीजको आतिथ्यतामा भदौ ३ र ४ गते हुन लागेको क्षेत्र ख सम्मेलनको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने हुनु भएको छ । आइतवार बिहान आतिथ्यता शाखा गोर्खा जेसीजले सम्मेलन सचिवालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्ड आउने जानकारी गराएको हो ।
सम्मेलन उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा आउने कार्यक्रम तय भएको शाखाका कोषाध्यक्ष राजेश श्रेष्ठले बताउनु भयो ।

सम्मेलनमा क्षेत्र ख का ३९ शाखा र देशैभरिबाट अन्य शाखाहरु गरि करिब ७०० जना १८ देखी ४० बर्ष सम्मका युवाहरु भेला हुने र सम्मेलन भब्य,सब्य र उत्कृष्ट ढंगबाट सम्पन्न हुन लागेको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । सम्मेलन धार्मिक तथा ऐतिहासिक जिल्ला गोर्खाको गोर्खा संग्रालयमा हुने निवर्तमान अध्यक्ष प्रविण भण्डारीले बताउनु भयो । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको समेत बस्नेतले बताउनु भयो ।

