बाहुण्डाँगी । इन्द्रपुर जेसीज वर्ष २०२२ का अध्यक्ष भवानी ढकालले यस वर्षको क्षेत्रीय सम्मेलन सोचे भन्दा फरक हुने बताउनु भएको छ ।
इन्द्रपुर जेसीजको आतिथ्यतामा यहि भदौ १७ गतेबाट सुरु हुने एरिया ए को क्षेत्रीय सम्मेलनको तयारीका बारेमा जानकारी दिनु हुँदै अध्यक्ष ढकालले यस वर्षको सम्मेलनमा फरक अनुभूती हुने बताउनु भयो । ‘तपाईले सोचे भन्दा फरक हुनेछ सम्मेलन’ अध्यक्ष ढकालले भन्नु भयो –‘हामीले यो पटक तालिमलाई प्राथमिकतामा राखेर तयारी गरेका छौ । नेपालका उत्कृष्ट ट्रेनरहरुद्धारा तालिम हुनेछ । खर्च गरेर सम्मेलनमा आउने हरेक जेसीजकर्मीहरुलाई सन्तुष्टि मिल्ने गरी सम्मेलन सम्पन्न गर्ने तयारीमा छौ ।’
सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष ढकालले जानकारी दिनु भयो ।

साथै उहाँले तालिममा ज्योति ग्रुपका सौरभ ज्योति, नविल बैकका पूर्व सिइयो अनिल केशरी शाह र सेयर मार्केटका सुभाष चन्द्र भट्टराईले तालिम दिने कार्यक्रम तय भएको बताउनु भयो । सम्मेलनको उद्घाटन समारोह शाखाका सचिवालय र अन्य कार्यक्रमहरु नेपालीरिका होटलमा हुनेछ । सम्मेलनका लागि अहिलेसम्म करिब ३ सयले रजिष्ट्र«ेशन भएको र करिब ७ सय को रजिष्ट्र«ेशन हुने अनुमान गरिएको उहाँले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार भदौ १० गतेसम्म रजिष्ट्र«ेशन भएका सदस्यहरुले शाखाले आयोजना गरेको गाला नाइटमा सहभागि हुनेछन् । जसका लागि उनीहरुलाई गाला नाइट कुपनका्े व्यवस्था गरिएको छ । त्यसपछिका लागि संगित नाइटमा सहभागि हुने बताउनु भयो ।

क्षेत्र क का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, निरुपित उपाध्यक्षहरु राजिप प्रसाई, कुमारसिंह साँवा र मनोज शाह रहे्का छन् । कार्यक्रममा नेपाल जेसीजका अध्यक्षसहित पदाधिकारी, पूर्व अध्यक्षहरु तथा विभिन्न शाखाका पदाधिकारीहरु सहभागि हुनेछन् भने विभिन्न जिल्लाबाट समेत सहभागि हुनेछन् ।

