झापा । मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भद्रपुर नगरपालिका-३ रंगिलाचोक निवासी भूपाल भुजेलको १९ वर्षीय छोरा सामुएल भुजेल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर-५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी तैरिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। सामुएलसँगै Read More…
Day: August 29, 2022
तपाईले सोचे भन्दा फरक हुनेछ एरिया ‘ए’– अध्यक्ष भवानी ढकाल
बाहुण्डाँगी । इन्द्रपुर जेसीज वर्ष २०२२ का अध्यक्ष भवानी ढकालले यस वर्षको क्षेत्रीय सम्मेलन सोचे भन्दा फरक हुने बताउनु भएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा यहि भदौ १७ गतेबाट सुरु हुने एरिया ए को क्षेत्रीय सम्मेलनको तयारीका बारेमा जानकारी दिनु हुँदै अध्यक्ष ढकालले यस वर्षको सम्मेलनमा फरक अनुभूती हुने बताउनु भयो । ‘तपाईले सोचे भन्दा Read More…
बाहुण्डाँगीमा हात्ती आउँदा अब साइरन बज्ने
बाहुण्डाँगी । सीमावर्ती देहात बाहुनडाँगीमा वर्षौंदेखि हात्ती आतंक छ । भौतिक या मानवीय क्षति भएपछि मात्रै ‘मेची तरेर हात्ती छिरेछ’ भन्ने स्थानीयले थाहा पाउँथे । अब साइरनको मद्दतबाट स्थानीयले हात्ती आएको खबर तत्काल पाउनेछन् । साइरनसँगै ‘हात्ती आयो’ भन्ने एप्समार्फत हात्ती आएको सूचना सर्वसाधारणको कानकानमा पुग्नेछ । मेचीनगर–४ को पहलमा साइरन जडान गरिएको छ । बर्दिया राष्ट्रिय निकुन्जका पूर्ववार्डेन संरक्षणकर्मी Read More…
आज तीजकाे दर खाने दिन
काठमाडौं । आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि Read More…
अवैध संरचना हटाउने तयारीमा
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ । उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी Read More…
सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। संघीय सरकारले कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ। Read More…






