धुलाबारी । मेचीनगर–१० धुलाबारी चौकबाट चन्द्रगडी जोड्ने सडक निमार्णमा समस्या सिर्जना भएको छ । चौकबाट खयरडाँगीसम्म करीब १ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने काममा समस्या सिर्जना भएको हो । चौकदेखि खयरडाँगीसम्मको करीब १ कि.मि सडक छेउछाउको भाग क्लियर हुन नसक्दा काममा समस्या सिर्जना भएको ठेकेदार भिम चन्द्र भट्टराईले जानकारी दिए । नौ मिटरभन्दा बाहिर ड्रेन सहितको सडक Read More…
Day: September 7, 2022
हाम्रो नेपाल साकोसको २२औं शाखा काकँरभिट्टामा
मेचीनगर । झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ । गत बैशाख १९ गतेदेखि नै आफ्नो नयाँ शाखाको रूपमा कारोबार सुरू गरेको संस्थाले आज विधिवत रूपमा काँकरभिट्टा शाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन मेचीनगर-६ का वडाध्यक्ष ललित बहादुर तामाङ्गले गरे । Read More…
बिर्ताज्योति साप्ताहिक आठौं बर्षमा
बिर्तामोड । झापाको बिर्तामोडबाट हरेक मंगलबार प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक आठौं बर्षमा प्रवेश गरेको छ । २०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिकले अनलाईन संस्करण बिर्ताज्योति डटकममार्फत देशविदेशका लाखौं नेपालीलाई सूसुचित गर्दै आइरहेको छ । नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय र प्रेस काउन्सीलको वर्गीकरणमा ख वर्गमा वर्गीकृत हुन सफल बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ Read More…
जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन
पुरस्कारको राशी बृद्धि, नयाँ विधा थप बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका Read More…
झापाको काँकरभिट्टामा पूजाको प्रसाद खाँदा ३५ जना बिरामी
झापा । मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी Read More…
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बालिका करणीको आरोप
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार Read More…






