शिक्षा

कनकाई क्याम्पसमा क्युएए प्रमाणपत्र प्राप्त भएको खुशीमा दिप प्रज्वलन

चन्द्र बस्नेत
झापा ।
झापाको कनकाई ३ सुरुङ्गामा रहेकोे कनकाई बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरे सगै यस क्याम्पस संग सरोकार राख्ने सबै सरोकारवालामा खुसियाली छाउनु स्वभावीकै हो ।

No description available.

क्याम्पसले उक्त प्रमाण पत्र प्राप्त गरे संगै यहाँ अध्ययनरत बिद्यार्थीहरुले आज साझ हर्सोउल्लासका साथ क्याम्पस परिसरमा दिप प्रज्वलन गरेका छन । क्याम्पसमा रहेका सबै संगठनका बिद्यार्थीले संयुक्त आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा क्याम्पसका शिक्षक साथै कर्मचारी समेतको सहभागिता रहेको थियो ।

क्याम्पसका शैक्षिक योजना तथा ब्यबस्थापन बिभागका सहायक प्राध्यापक चन्द्र विनोद कोइरालाले मम बत्ती सल्काएर उद्घाटन गरिएको दिप प्रज्वलन कार्यक्रमको संयोजन अगुवा बिद्यार्थीहरु अशोक पाठक , रविन गुप्ता , अनुप भण्डारी लगायतले गरेका थिए ।

No description available.

दिप प्रज्वलन पछि बोल्दै बिद्यार्थी अशोक पाठकले कनकाईले क्युएए प्राप्त गर्नु ठुलो उपलब्धि भएको साथै बिद्यार्थीको लागि पनि गौरवको कुरा भएको र यसले बिद्यार्थीलाई पनि फाईदा पुग्ने वताए । त्सतै अर्का बिद्यार्थी अनुप भण्डारीले बिद्यार्थी संघठनहरु अन्य विषयमा आ- आफ्ना नारा , उदेश्य लिएरहिनेता पनि यो खुसियालीमा एकजुट भएर दिप प्रज्वलन गरिएको र क्याम्पसमा क्युएए प्राप्त गर्नकालागि पनि बिद्यार्थी संगठनहरुको अहम भुमिका रहेको बताए ।

कनकाई बहुमुखी क्याम्पसले यस क्युएए प्राप्तका लागि लामो सङ्घर्ष गर्दै अाएको र भर्खरै मात्र अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसले उक्त सटिफिकेट प्राप्त गरेको कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद (प्रकाश) चुडालले जानकारी दिनुभयो ।

क्याम्पसले क्युएए सटिफिकेट प्राप्त गरे संगै अब कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीको सटिफिकेट अन्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन मात्रै हुने नभई कनकाई बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक विकासका लागि विश्व अनुदान आयोगबाट समेत सहयोग प्राप्त हुने कुरामा विश्वश्त रहेकोे क्याम्पस प्रमुख बिकास कुमार उप्रेतीको भनाई छ।

सबै अविभावक ,विद्यार्थी ,व्यवस्थापन समिति , शिक्षक तथा कर्मचारी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतसबै जनाको हाल लामो सघर्श र ठुलो मेहनत मात्रै यो सम्भव भएको क्याम्पस प्रमुख उप्रेतीले बताउनुभयो ।

क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरे सगै अब क्याम्पस संग सरोकार राख्ने सबैलाई यो सफल्ताको जानकारी गराउने उद्श्येले आगामी शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको क्याम्पस साहयक प्रमुख शेरबहादुर बानियाँले जानकारी दिनुभयो ।