बाहुण्डाँगी । गल्याङ जेसीज वर्ष २०२२ को जेसीज सप्ताह मंगलवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन नेपाली काग्रेसका गण्डकी प्रदेश स्याङ्जा क्षेत्र न २ ख का उम्मेदवार महेश भट्टराईले गर्नु भएको थियो । उद्घाटनको अवसर पारेर शाखाले गल्याङ न पा ३ का राम्दीमा रहेका जेष्ठ नागरिकलाई फलफुल वितरण तथा सम्मान गरिएको थियो ।

शाखाका अध्यक्ष विष्णु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष कृष्ण भट्टराई गल्याङ संचार प्रा लि का अध्यक्ष सुर्य प्रसाद चापागाईं , राम्दी स्वास्थ केन्द्र को प्रमुख बिष्णु माया बस्याल , समाजसेबी मोहनमान अमात्य, २०२० का अध्यक्ष दर्बेन्द्र देब खनाल लगाएत बोल्नु भयो ।

सप्ताह २०२२ को मुल संयोजक खगेन्द्र भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको धन्यवाद मन्तब्य कार्यक्रम संयोजक जेसि युबराज भट्टराईले र सचालन महासचिव प्रतिमा भट्टराई बस्यालले गर्नु भएको थियो । कार्यक्रम मा ४५ जना वृद्ध बृद्धा लाई सम्मान गरिएको थियो ।

सप्ताहको दोस्रो कार्यक्रममा बटुकहरुलाई भोजन र भजन कृतन गरिएको थियो ।
यसैगरी सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम बुधवार स्लो बाइक रेस र घैटो फोर प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा न ३ का वडा अध्यक्ष कृष्ण भट्टराई , बिशिस्ट अतिथी बुटवल पवर कम्पनी गल्याङ का प्रमुख डोल खरेल, गल्याङ जेसिज का सस्थापक अध्यक्ष शिव खनाल , गल्याङ आर्बेदिक औसधालय का प्रमुख शिव अधिकारी, गल्याङ ब्याडमिन्टन क्लब का अध्यक्ष सुरेश सुवेदीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष विष्णु अधिकारीको रहेको थियो ।


