खेलकुद

अर्जेन्टिना पहिलाे खेलमै साउदी अरेबियासँग पराजित

काठमाण्डाै । फिफा विश्व फुटबलकाे दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग पराजित भएकाे छ ।

आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएकाे खेलमा साउदीले अर्जेन्टिनालाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे । 

अर्जेन्टिनाका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल गरे । याे हारसँगै अर्जेन्टिनाकाे लगातार ३६ खेलकाे अपराजित यात्रामा ‘ब्रेक’ लागेकाे छ ।