झापा । झापाका चार पालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको हो । चारवटै पालिकाले बिहीबार सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएको हो । बिदामा नगरपालिका र नगरपालिका मातहतका Read More…
Month: November 2022
देशद्रोहीलाई हराउनकै लागि एमाले र राप्रपाबीच तालमेल भएको हो – भक्ती सिटौला
झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा राप्रपा-एमाले साझा उम्मेदवार रहनुभएका भक्ती प्रसाद सिटौला राप्रपाका केन्द्रिय प्रवक्ता समेत हुनुहुन्छ। लामो समय नेपाली कांग्रेसमा रही सक्रिय राजनीतिमा रहनुभएका अधिवक्ता सिटौला २०७० सालमा राप्रपा प्रवेश गर्नु भएको हो। नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा आउनुभएका सिटौला विपीको आदर्श र सिद्दान्तलाई छोडेर लथालिंग भएकै कारण कांग्रेस त्यागेको बताउनुहुन्छ। Read More…
जनआन्दोलन दबाउने गृहमन्त्री सूर्य चुनाव चिन्ह लिएर उठ्दा पवित्र गठबन्धन हुने ? राना
बिर्तामोड । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ का साझा उम्मेदवार हरिकुमार रानाले सत्तापक्षीय गठबन्धनलाई अपवित्र गठबन्धन भनिएको प्रति कटाक्ष गरेका छन् । उम्मेदवार रानाले एमाले–राप्रपाका उम्मेदवारहरुले सत्तापक्षीय गठबन्धनलाई अपवित्र भनेकोप्रति कटाक्ष गरेका हुन् । गठबन्धन दलको दोस्रो चरणको चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवार रानाले २०६२÷६३ सालको जनआन्दोलन दबाउने गृहमन्त्रीले सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा Read More…
जातीय अधिकारका निम्ति आवाज उठाइरहने छु : शर्मा
काँकरभिट्टा । प्रमुख राजनीतिक दलका झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुसँग आदिवासी जनजाति समुदायले अन्तरक्रिया गरेको छ । आदिवासी जनजाति महासंघ झापाको आयोजनामा विहीबार सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा जातीय अधिकारका विषयमा उम्मेद्वारसँग प्रतिबद्धता माग गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा, एमालेका उम्मेद्वार Read More…
झापा १ गठबन्धन उम्मेद्वार घरदैलोमा केन्द्रित
मेचीनगर । निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् । बिहीबार मेचीनगर(५ स्थित माङ्हिम टोल, जागरण टोल र अँधेरी टोलमा लोकतान्त्रिक बाम गठबन्धन झापा(१ का प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकास शर्मा र Read More…
आजदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने
काठमाडौं । राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ को Read More…
पेट्रोलियम पदार्थ खपत कम गर्न कनकाई नगरले खरिद गर्यो विजुलीबाट चल्ने मोटरसाईकल
चन्द्र बस्नेत सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ कम खपत गर्ने उद्देश्यले दुईथान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकांक्षा सपनामै सीमित बन्ने भन्दै कुनैपनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय इलेक्ट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद Read More…
नगरप्रमुख बुढाथोकीको पहलमा झापा मार्ग कालो पत्रे हुँदै
मेचीनगर । झापाको मेचीनगर नगरपालिका अन्तर्गत पर्ने झापा मार्ग कालो पत्रे हुने भएको छ । मेचीनगर ८ स्थित सरस्वती टोल हुँदै मेचीनगर १० धुलाबारी मावि जोड्ने १ं.५ किमी बाटोमा कालो पत्रे हुने भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचिनगरको आ.ब ०७९/०८० को ससर्त बजेट बाट रू ३ करोड ६० लाखको लागतमा सो अधुरो Read More…
सार्वजनिक पद धारण गरेका व्यक्ति प्रचार–प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने
काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रष्टयाएका हुन् । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित Read More…
भोलीदेखि राजनीतिक दलले जुलुस, आमसभा र कोणसभा गर्न पाउने
काठमाडौं । राजनीतिक दलहरुले बिहीबारदेखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरुले बिहीबारबाट सञ्चार माध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् । निर्वाचन आचारसंहिता, २०७९ Read More…









