संघ \संस्था

नेपाल जेसीजमा १७ पदमा ३३ जना प्रतिस्पर्धा गर्दै

बाहुण्डाँगी । पुष ७ गतेबाट सुरु हुने नेपाल जेसीजको ४९ औँ राष्टिय महाधिवेशनले सन २०२३ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । जसका लागि डेढ महिना अघि नै नेपाल जेसीजमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाल जेसीजमा ६ जना अध्यक्ष, १० जना कार्यकारीणी उपाध्यक्ष र १९ जना उपाध्यक्षले उम्मेदवारी दर्ता गराएका थिए । तिनै उम्मेदवारहरुको आजबाट हेटौडामा उम्मेदवार तालिम सुरु भएको छ ।
जसमा १ जना अध्यक्ष र १ जना कार्यकारीणी उपाध्यक्षका उम्मेदवार उपस्थिति भएनन् । अध्यक्षका उम्मेवार श्यामसुन्दर पौडेल मिलन र कार्यकारीणी पदका उम्मेदवार शुशिल बुढाथोकी तालिममा सहभागि नभएका र उनीहरुले अब निर्वाचन प्रक्रियामा भाग लिन नपाउने प्रशिश्रक तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अनिल भेटवालले बताउनु भयो ।


२०२३ का लागि अध्यक्षमा काभ्रे जेसीजबाट सिनेटर विकास मानन्धर, पाटनबाट सुमनकृष्ण श्रेष्ठ, नुवाकोटबाट सिनेटर रविन पोखरेल, धरानबाट दिपेन्द्र निरौला र कर्णालीबाट अनिलबहादुर शाहीबिच प्रतिस्पर्धा हुने पक्का पक्कि जस्तो भएको छ । अब यी सबै उम्मेदवार ककसमा सहभागि भएमा ५ जनाबिच निर्वाचन हुनेछ ।
यसैगरी कार्यकारीणी उपाध्यक्षमा कुमारसिंह साँवा सतासीधाम, जीवन कार्की रामेछाप, सिनेटर राम पाण्डे कोहोलपुर, सिनेटर नरेशचन्द्र ओझा महेन्द्रनगर, रजनी थापा मनोहरा, रश्मि बस्नेत हेटौडा लेडी, सुनज बरुवाल म्याग्दी, सिनेटर कञ्चन झा दुहवी, सन्दिप अग्रहरी रामग्राम रहेका छन् । यसमा ४ जना निर्वाचित हुनु पर्नेछ ।


उपाध्यक्षहरु भिमबहादुर अर्जुनधारा, विरबहादुर बेगा चारआली, स्वस्तिका आचार्य विर्ता लेडी, प्रदिप फुया्ल पथरी, रमेश उप्रेती (तेजप्रसाद) बस्तीपुर, सरोज अधिकारी बसामाडी, सन्तोष मजाकोटी बीसहजार, विपिन चौधरी कलैया सिटी, राजाराम गौतम नाल्दुम नगरकोट, सोनितराज ढुङ्गेल इमाडोल, अनुप सुनुवार काडमाडौ, सोनी श्रेष्ठ काठमाडौ लेडी, दिपेन्द्र भट्टराई बालाजु, राधिका भुषाल नवलपुर, चन्द्रमणी भुषाल बुटवल, केशवराज केसी तुलसीपुनगर, हर्कबहादुर कठायत अत्तरिया गुरुदेव पौडेल कपिलवस्तु, चिरञ्जिवी शर्मा नेपालगञ्ज रहेका छन् । यसमा १२ जना निर्वाचित हुनु पर्नेछ ।

सहभागिलाई नेपाल जेसीजका पूर्व अध्यक्ष रबिन्द्रलाल कर्ण (नेपालगञ्ज) अनिल भेटवाल (धुलावारी) र डाक्टर दिपक शाक्य ( बिरगञ्ज) ले प्रशिक्षण गराउँदै हुनुहुन्छ । तालिम ६ गतेसम्म सञ्चालन हुनेछ ।