संघ \संस्था

विरगञ्ज जेसीजले चौथो पटक राष्ट्रिय महाधिवेशन गर्दै

देबु बानियाँ । बाहुण्डाँगी । २०२२ को राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको आतिथ्यता शाखा विरगञ्जले यो महाधिवेशन चौथो पटक गर्दैछ ।
५० वर्षे इतिहास बोकेको यो शाखाले आफ्नो स्वर्ण वर्षसँगै चौथो पटक महाधिवेशनको तयारी गरेको हो । नेपाल जेसीजको इतिहासमै धेरै महाधिवेशन गर्ने शाखाका रुपमा समेत विरगञ्जले आफ्नो नाम दर्ता गर्दैछ ।
१९७९ पहिलो पटक महाधिवेशन गरेको थियो । जुन समयमा शाखाको अध्यक्ष सागरमान श्रेष्ठ थिए भने निर्देशक चिरजिवीलाल कर्ण रहेको थिए । त्यसको ११ वर्ष पछि पुन १९९० मा दोस्रो महाधिवेशन गर्ने अवसर पाएको थियो । शाखा अध्यक्ष फलेन्द्रविक्रम शाह र निर्देशक सुदर्शनबाबु शाक्य रहेका थिए । १८ वर्षपछि सन २००८ मा तेस्रो महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गरेको शाखामा गंगा सागर श्रेष्ठ र निर्देशक मोहनरञ्जन प्रधान रहेका थिए । शाखाले आफ्नो स्वर्ण महोत्सवको अवसरमा अर्काे महाधिवेशन गर्ने लक्ष्य लिएर भलबारी महाधिवेशनमा विट गरेपछि चौथो पटकका लागि अवसर प्राप्त गरेको २०२२ का सम्मलेन निर्देशक तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष गोपाल केडियाले बताउनु भयो । २०२२ को शाखा अध्यक्ष अमृत गौरो रहेका छन् । महाधिवेशन यहि पुष ७ गतेबाट १० गतेसम्म सञ्चालन हुँदैछ । निरन्तर राष्टिय महाधिवेशन गर्ने अवसर पाएको शाखाले त्यहि पुरानो अनुभवलाई संगाल्दै यो वर्षको महाधिवेशन उत्कृष्ट रुपमा सम्पन्न गर्ने तयारीमा रहेको छ ।