झापा । झापामा स्थापना भएर विभिन्न सहयोगको अभियान चलाइरहेको मेची अभियानले घरमा साङ्लोमा बाँधिएका बालकको उद्धार गरेकाे छ । उपचार अभावमा करीब दुई बर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको आज मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हाे ।
अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोलीले बालकको घरमा नै पुगेर उद्दार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले बताए । बिपन्न समुदायका सेवुलाल चौधरीका छोरा आकाश साङ्लोमा बाँधिएको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माल जानकारी पाए लगत्तै तत्काल बालकको उद्धार र उपचारको ब्यवस्था मिलाउन अभियानका संयोजक डालमियालाई आग्रह गरेका थिए ।

शर्माले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मालाई फोन गरेर उपचारमा सहयोग गर्न आग्रह गरे पछि चिकित्सक शर्माले बालकको उपचार गर्न आफ्नो टिम तयार रहेको महामन्त्री शर्मालाई जानकारी गराएका थिए ।
बालकको सम्पूर्ण उपचार निशुल्क गर्ने गरी व्यवस्था मिलाइएको अभियानका संयोजक डालमियाले बताए । ‘प्रतिष्ठानमा हुने सबै उपचार निशुल्क हुने ब्यवस्था मिलाएका छौं,’ डालमियाले भने, ‘बालकलाई सहि उपचार गराएर स्वस्थ्य बनाएर घर फर्काउने काममा गभ्भिर भएर लागेका छौं ।’ बालकलाई प्रतिष्ठानसम्म पु¥याउन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले जानकारी दिए ।

छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समय अघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए । ‘आफु काम गर्न जानु पर्छ अनि साङ्लोले बाँधेर हिड्ने गरेको छु,’ सेबुलालले भने, ‘पैसा नभएर कारणले छाेरालाई अहिलेसम्म अस्पताल लैजान सकिएकाे थिएन् ।

