काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
Day: March 3, 2022
मेची अभियानद्वारा साङ्लोमा बाँधिएका बालकको उद्धार
झापा । झापामा स्थापना भएर विभिन्न सहयोगको अभियान चलाइरहेको मेची अभियानले घरमा साङ्लोमा बाँधिएका बालकको उद्धार गरेकाे छ । उपचार अभावमा करीब दुई बर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का ९ वर्षीय बालक आकाश चौधरीको आज मेची अभियानले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हाे । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोलीले बालकको घरमा Read More…
प्रदेशसभा सदस्यदेखि पत्रकारसम्मलाई एउटै मञ्चमा सम्मान
मेचीनगर । जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाले एकजना प्रदेश सभा सदस्यलाई अभिनन्दन र विभिन्न विधाका तीनजना व्यक्तिलाई विहीबार पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानको १२ औँ वार्षिक साधारण सभाको अवसर अर्जुनधारा—११ बुट्टावारीमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधानलाई अभिनन्दन गरेको हो । जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाका अध्यक्ष एवम् पूर्व Read More…
प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा धुलावारीको होलिबेल च्याम्पिय
देबु बानियाँ । बाहुण्डाँगी । प्रदेश नम्बर १ स्तरीय लोक नृत्य प्रतियोगितामा झापा धुलाबारीको होलिबेल अंग्रेजी माध्यमिक विद्यालय च्याम्पियन बनेको छ । बुधवार सुनसरीको धरानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का २९ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधी माथि कब्जा जमाएको हो । उपाधीसँगै होलिबेलले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । पूर्वी Read More…
झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा
झापा । पाचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक झापा गोल्डकप समितिले आज बिर्ताबजार स्थित डोमालाल रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराउदै सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कोरोना महामारीले दुई वर्ष रोकिएको मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म हुदैछ । प्रतियोगितामा भारतको Read More…
ग्याल्पो ल्होसार: आज देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा Read More…






