मेचीनगर । पूर्वको पबित्र धार्मिक तथा पर्यटकिय स्थल पाउ पाथिभराको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मेचीनगर १३ स्थित चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरको बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

मन्दिरको साधारणसभाको अवसरमा ९० बर्ष माथिका जेष्ठनागरिकहरुलाई सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष तिलक गिरीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।



