झापा । सत्ता गठबन्धनका उम्मदेवार नेकपा एमालेका देवराज घिमिरे सभामुमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई हराउँदै उनी बिहीबार सभामुखमा निर्वाचित भएका हुन् । घिमिरेको पक्षमा देवराज घिमिरेको पक्षमा १६७, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत खसेको थियो । संसद्मा २६८ सांसद उपस्थित रहेको थिए ।
Month: January 2023
नगरपालिकाको निर्णणलाई मेचीनगरका निजि विद्यालयहरुद्वारा ठाडो उल्लंघन
मेचीनगर । झापा जिल्ला मेचीनगर नगरपालिका क्षेत्रमा सञ्चालित निजि विद्यालयहरुले मेचीनगर नगरपालिकाको निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले हिजो सुचना जारी गरी माघ ६ गतेसम्म जाडो विदा थप गर्नु भनेको थियो तर नगरका निजि विद्यालयहरुले नगरपालिकाको निर्णय बिरुद्ध थपिएको जाडो विदामा पनि विद्यालय सञ्चालन गरेर निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका हुन् । Read More…
सभामुखमा एमालेका देवराजको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ
काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । बुधबार संसद सचिवालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ रहेका छन् । त्यस्तै समर्थकमा समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने रहेका छन् । सभामुखको मनोनयन समयावधि आज ४ Read More…
बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार महासंघका केन्द्रीय सदस्यको सम्झनामा झापामा शोक सभा
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा भएको शोक सभामा वक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । Read More…
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपरासी पूर्वले यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दियो Read More…
माओवादी झापाको बैठक, जनताका समस्यामा हातेमालो गर्ने
मेचीनगर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए Read More…
मेचीनगरमा दाहाल आउँदै, चम्लगाई गए
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । मेचीनगरको कमान्ड सम्हाल्न पाँचथरको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका गणेश दाहाल आउने भएका हुन् । मेचीनगर नगरपालिका नगर कार्यापालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लगाईले प्रक्रिया पुगेका कामहरू पनि समयमा नगर्दा नगरबासीले सेवा लिनबाट बन्चित हुनुपरेको गुनासो दिनप्रतिदिन बढ्न थालेपछि उनको Read More…
रोपेको ३ दिनमै बाटो किनारका फुलका विरुवा तोडफोड
मेचीनगर ४ ले बाटो किनारमा लगाएका फूलका विरुवाहरु तोडफोड गरिएको छ । माघ १ गते आयोजना गरिएको नेपालकै पहिलो तरुल उत्सवको पूर्व तयारी तथा बाटोको सुन्दरताका लागि वडा कार्यालयले सरस्वती माविको माथिल्लो भागदेखि वडा कार्यालयको तल्लो भागसम्म करिब डेढ किलोमिटर दुरीमा विभिन्न जातका फूलका विरुवाहरु रोपेको थियो । तर, त्यहि उत्सवकै दिन राती विरुवा तथा Read More…
डाक्टर राजेन्द्र थापालाई आफ्नै गाउँमा सम्मान
बाहुण्डाँगी । बाहुण्डाँगीमा जन्मेर अमेरिकाबाट पीएचडी उपाधि पाएका राजेन्द्र थापालाई आफ्नै जन्मगाउँमा भव्य सम्मान गरिएको छ । आइतवार बाहुण्डाँगीमा आयोजित तरुल उत्सव समारोहको उद्घाटन समारोहमा मेचीनगर ४ ले डाक्टर थापालाई सम्मान गरेको हो । थापाले बाहुण्डाँगीलाई शिक्षाको माध्यमबाट विश्वमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिएका थापाले अमेरिकाबाट फिजिक्समा विद्याबारिधि गर्नु Read More…
बाहुण्डाँगीको तरुल उत्सवमा माइमेलाको झल्को
बाहुण्ँडागी । झापाको मेचीनगर नगरपालिका वडा नं। ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं। ४ को कार्यालयले उत्सव आयोजना गरेको हो । आज एकदिने उत्सवमा माइमेलाको झल्को दिने गरी दर्शकको सहभागिता रहेको थियो । बिहानैदेखि बाहुण्डाँगी बजारमा Read More…









