बिर्तामोड। प्रदेश नं. १ का उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई सोमबार बिर्तामोडमा सम्मान प्रदान गरिएको छ ।
संवाद समूह झापाले मन्त्री सिटौलालाई सम्मान प्रदान गरेको हो । संवाद समूहका सदस्य समेत रहेका मन्त्री सिटौलालाई सम्मानसँगै बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि व्यक्ति गरिएको छ ।

त्यसक्रममा मन्त्री सिटौलाले हरेक द्वन्द्व तथा विवादलाई आपसी संवादबाट लामो समयदेखि निराकरण गर्दै आएको संवाद समूहको अभ्यास मुलुकमै उदाहरणीय भएको बताए । संवाद समूहको तर्फबाट संयोजक लीला शिवाकोटी तथा चिया उद्योगी, किसान र श्रमिक नेताहरुले सामुहिक रुपमा सम्मानपत्र प्रदान गरेका थिए ।

