
झापा । मेची रंगशालामा जारी प्रथम भद्रपुर झापा गोल्डकपकमा आजदेखि सेमिफाइनलको खेल हुँदैछ । प्रतियोगिताको आज हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब काठमाडौं बिच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने छ ।
यस अधि भएको क्वाटरफाइनल खेलमा आर्मीले पाहुना टोली डुक ल्यायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको थियो भने संकटाले आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौंले पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दैे सेमिफाइनलको यात्रा तय गरेको छ ।
नेपाल, भारत, भुटान र बंगलादेशको गरी १० टिम सहभागी गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।

