संघ \संस्था

खाँडादेवि जेसिजद्वारा लोम अफिसर तथा प्रि–इन्डक्सन तालिम सप्पन्न

बाहुण्डाँगी । खाँडादेवि जेसिजको आयोजनामा प्रि – इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ।
खाँडादेवि जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका(१ राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान कृषि सहकारिका सस्थापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । तालिमको प्रमुख प्रशिक्षक नेपाल जेसीजकी ट्रेनर तथा बालकोट जेसीजकी पूर्व अधयक्ष जेसि निस्ता गिरिको निक्कै नै आकर्षकमय प्रशिक्षण रहेको थियो।

वास्तव मै जेसिज के हो, कस्तो सस्था हो र जेसिजले के के काम गर्दछ भन्ने देखि लिएर पदमा रहेको प्रत्येक पदाधिकारी हरुको भुमिकाहरु समेत प्रष्ट पार्दै आवश्यक कुरा हरु सिक्न पाएकोमा आजको तालिम निक्कै फलदायी रहेको कुरा तालिममा सहभागीहरुले बताएका छन।

उक्त समारोहमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले खाडादेवी जेसीजको हरेक कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि सामाजिक रुपान्तरणको लागि खाडादेवी जेसीजलाई आवस्यक सहयोग गरिने बताउनु भयो ।
कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव सरिता श्रेष्ठले गर्नु भएको थियो ।