संघ \संस्था

बस्तीपुर जेसीजको सप्ताहमा एकैदिन ४ वटा कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बस्तीपुर जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताह अन्तरगत एकैदिन ४ वटा कार्यक्रम सम्पन्न गरेको छ ।
सप्ताहको सर्वेश्वर मन्दिर हेटौडा –१९ स्थित वृध्दाश्रममा खाद्यान्न वितरण गरि उद्घाटन समारोह तथा जेसिज सप्ताह कार्यक्रमको सुरुवात गरिएको छ ।
त्यसै गरि दोस्रो कार्यक्रम जेसिज सचिवालयमा नेपालको झन्डा र जेसिजको झन्डाको झन्डात्तोलन गर्दै जेसिज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम पनि सम्पन्न गरिएको छ ।


तेस्रो कार्यक्रम अन्तर्गत रङै रङ्को पर्व फागुपूर्णि (होली) मिलन कार्यक्रम सम्पन्न भएको थियो ।
चौथो कार्यक्रम अन्तर्गत जेसिज सचिवालय सरसफाइ कार्यक्रम रहेको हुदा हामी जेसिज परिवारका सदस्यहरुको जोश जागर लाई सदुपयोग गर्दै सचिवालय मा सरसफाई गरि चौथो कार्यक्रम पनि समापन गरिएको शाखाका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो । कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष तथा शाखाका निवर्तमान अध्यक्ष तेजप्रसाद उप्रेती रमेशको सहभागिता रहेका थियो ।