संघ \संस्था

हेटौँडा लेडी जेसीजद्धारा नारी दिवसमा सुत्केरीलाई पोषिलो आहार

बाहुण्डाँगी । हेटौँडा लेडी जेसीजद्धारा नारी दिवसमा सुत्केरी भेटघाट तथा सुत्केरीलाई पोषिलो आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेसीज टोली हेटौँडा अस्पताल पुगेर अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई पोषिलो खानासहित उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । नारी दिवसलाई नारामा मात्र होइन व्यवहारमा सम्मान गर्नु पर्छ भन्ने मान्यताका साथ जेसीजले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषिलो खानेकुरा वितरण गरेको हो ।


शाखाकी २०२३ की अध्यक्ष डिलमाया घर्ती (दिलु) को सभापतित्व तथा हेटौँडा अस्पतालकी नर्सिङ अफिसर्स देवकी क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मनिता रेग्मीको संयोजन, कोषाध्यक्ष इन्दिरा बानियाँको आस्थापाठमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सरस्वती थिङ केसीले गर्नु भएको थियो ।