संघ \संस्था

बीसहजार जेसीजको मन्दिर सरसफाइ र होली मिलन कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बीसहजार जेसीजद्धारा होली पर्व तथा नारी दिवसको अवसर पारेर मन्दिर सरसफाइ तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
शाखाका सचिवालयमा सम्पन्न होली मिलन कार्यक्रममा संस्थाका सदस्यहरुबीच एक अर्कामा रङ्ग दलेर रमाइलो गरिएको थियो । हरेक वर्ष संस्थाले आयोजना गर्दै आएको होली मिलन यो वर्ष पनि निरन्तरता दिइएको हो ।


शाखाकी अध्यक्ष प्रमिला सेवेदीको सभापतित्व तथा नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । होली मिलन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष जनकराज घिमिरे, निवर्तमान अध्यक्ष बेदराज न्यापाने लगायतको सहभागिता रहेको थियो ।


यसैगरी नारी दिवसको अवसर पारेर मन्दिर सरसफाइ गरिएको थियो । भरतपुसर ११ मा रहेको कमलादेवी मन्दिर परिसरमा जेसीज सदस्यहरुले सरसफाइ गरेको संस्थाका निवर्तमान अध्यक्ष बेदराज न्यौपानेले बताउनु भयो । सरसफाइका कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सन्तोष मजाकोटीको समेत उपस्थिति रहेको थियो ।