बाहुण्डाँगी । डोटी जेसीजको आयोजनामा तथा नेपाल जेसीजको सहकार्यमा एक दिने कार्यक्रम व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीको अगुवाइमा प्रशिश्रक सहित आफ्नो क्षेत्रका शाखाहरुका लागि तालिमको अभियान सञ्चालन सुरु गर्नु भएको छ । जस अन्तर्गत पाँचौ दिनमा डोटी जेसीजमा तालिम सम्पन्न भएको हो । तालिमको प्रमुख प्रशिश्रक नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला हुनुहुन्छ ।

डोटी जेसीज २०२३ का अध्यक्ष हिक्मत साउदको सभापतित्व तथा दिपायल सिलगढी नगरपालिका डोटीका नगर प्रमुख बाजी सिंह खड्का (विजय) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भोटका समयमा मात्र उम्मेदवारहरु पुग्ने डोटी, अछाम, डडेलधुरा, कालीकोट, दैलेख, कर्णाली जस्ता विकट क्षेत्रका शाखाहरुमा प्रशिश्रक सहित पुग्नु भएका कार्यकारीणी उपाध्यक्ष कार्की र निरुपित उपाध्यक्ष चिरञ्जिवी शर्माको टोलीलाई यहाँका शाखाहरुले कहिलै बिर्सन नसक्ने क्षणका रुपमा लिएको बताउनु भयो ।

उहाँले आफुले पनि जेसीजबाट नजिकबाट नियाल्दै आएको बताउँदै यो वर्ष नेपाल जेसीजले गरेको अभियानप्रति आफु सन्तुष्ट बनेको बताउनु भयो । साथै प्रमुख अतिथि खड्काले आगामी दिनमा डाटी जेसीजसँगको सहकार्यमा नगरपालिकाबाट हुने विभिन्न कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा निरुपित कार्यकारीणी उपाध्यक्ष कार्की, प्रमुख प्रशिश्रक दिपेन्द्र निरौला र निरुपित राष्ट्रिय उपाध्यक्ष चिरञ्जीवी शर्मा, शाखाका पूर्व अध्यक्षहरु रघु कठायत, विजय राज ओझा वोर्ड सदस्यहरुलगायत उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन कानुनी सल्लाहकार प्रविण उपाध्यायले गर्नु भएको थियो ।





