बाहुण्डाँगी । अछाम जेसीजको आयोजनामा संचालन भएको १ दिने क्षमता अभिवृद्धि तालिम मंगलसेनमा सम्पन्न भएको छ । क्षेत्र घ का निरुपित कार्यकारीणी उपाध्यक्ष जीवन कार्कीको अगुवाइमा प्रशिश्रक सहित आफ्नो क्षेत्रका शाखाहरुका लागि तालिमको अभियान सञ्चालन गर्नु भएको थियो । जस अन्तर्गत छैठौ दिनमा अछाम जेसीजमा Rise And Sine भन्ने शिर्षकमा तालिम प्रदान गरिएको थियो । तालिमका प्रमुख प्रशिश्रक नेपाल जेसीजका ट्रेनर तथा निवर्तमान कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला रहुन भएको छ । अछाम जेसीज बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको तालिममा युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता विकासका बारेमा प्रशिक्षण दिईएको थियो ।

युवाहरुमा हुनुपर्ने सृजनशिलता, लगनशिलताका बारेमा प्रशिक्षण दिदै तालिमका मुख्य प्रशिक्षक दिपेन्द्र निरौलाले युवाहरुले आफ्नो यो समयलाई प्रगतिको बाटोमा कसरी अगाडी बढाउन सक्छन भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

सामाजका पिल्लर युवाहरु आज कुलतमा फसिरहेकाले यस्ता युवाहरुलाई सही बाटोमा ल्याउने काम पनि जिेसिजले गर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसिज बर्ष २०२३ का राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जिबन कार्की, दिपेन्द्र निरौला, निरुपित उपाध्यक्ष चिरञ्जीवी शर्मा, अछाम जेसीजका पूर्व अध्यक्ष तुलाराम बिसी, वर्तमान कानुनी सल्लाहाकार अमर न्यौपाने, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, उद्योग बाणिज्य संघ अछामका बरिष्ठ उपाध्यक्ष बम बहादुर रावल लगायतले मन्तब्य राख्दै अछाम जिल्लामा पनि जेसीजले विभिन्न समयमा रचनात्मक कार्यहरु गर्दै आएकाले आगामी दिनमा यसको महत्व र गरिमाको बारेमा युवाहरुलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको संचालन जेसिज अछामका कोषाध्यक्ष मनकला न्यौपानेले गर्नुभएको थियो ।



