झापा । गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न गौतम समाज झापाको २६ओैं वार्षिक साधारणसभाले नीतिरमण गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

हरिप्रसाद गौतमको सभापतित्वमा कोशी प्रदेशका सभामुख श्री बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विशिष्ट अतिथिमा गौतम समाज नेपालका केन्द्रीय सल्लाहकार दामोदर गौतम नारायणदास (सिन्धुली÷भक्तपुर) रहेका थिए । त्यस्तै कनकाई धाम विकास समितिका अध्यक्ष नवलकिशोर दत्त अतिथि रहेका थिए । खुल्ला सत्रमा वंशावली लेखक खेमलाल गौतम, पूर्व अध्यक्षहरु प्रकाशचन्द्र गौतम,अम्बिका गौतम, मधु गौतम,अक्षयकोष संयोजक रामप्रसाद गौतम तथा सबै १३ इकाईका अध्यक्षहरु, प्रतिनिधिहरु, सल्लाहकार सुनसरी, मोरङ र इलाम जिल्लाका पदाधिकारीसंगै उल्लेखिय गौतम बन्धुहरुको उपस्थिति रहेको थियो ।
वार्षिक साधारणसभाको अवसरमा सभामा गौतम बन्ध समाजको अहिलेसम्मकै उच्च राशी ५ लाख १५ हजार अक्षयकोषमा दिने दाता टंकप्रसाद गौतम, गौरिशंकर गौतम तथा अक्षयकोष संयोजक रामप्रसाद गौतमलाई सम्मान गरिएको थियो ।
सभामा अक्षयकोष दाता टंकनाथ गौतमले गौतम समाज झापाको अक्षयकोषका लागि एक लाख ९० हजार, गौतम समाज झापाका सल्लाहकार तथा निर्वाचन संयोजक बन्धु मित्रप्रसाद उर्वशी गौतम भञ्ज्याङखर्कमा बनिने हेमन्त पार्कका लागि रू २५ हजार वानामा बनिने पुर्खुको समाधी प्रतीकका लागि रू ५ हजार गरी ३० हजार नगद अध्यक्ष हरिप्रसाद गौतमलाई हस्तान्तरण गरेका थिए ।
सभामा प्रमुख अथिति,विशिस्ट अथितिहरुलाई सम्मानका साथै मायाको चिनो प्रदान गरियो र लेखा संयोजक को प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र अध्यक्षकोे प्रतिवेदन पारित गर्दै खुला सत्र सम्पन्न गरियो।
्
बरिस्ठ उपाध्यक्ष भागवत गौतमले स्वागत मन्तब्य गर्नु भएको खुल्ला सत्रमा कनकाई धामका अध्यक्ष नवल किशोर दत्त, सुनसरी अध्यक्ष खगेन्द्र गौतम, इलाम सचिव हेमन्त गौतम,पूर्व अध्यक्ष प्रकाशचन्द्र गौतम, विशिष्ट अतिथि दामोदरप्रसाद गौतम,माननीय सभामुख बाबुराम गौतम समेतले शुभकामना मन्तब्य राखेका थिए । सभाको सञ्चालन सचिव सोमनाथ गौतम र सह–सचिव राजेन्द्रप्रसाद गौतमले गरेका थिए ।
निर्वाचन मण्डलका मित्रप्रसाद गौतम, सदस्यहरु ताराप्रसाद गौतम र हरि गौतमलाई बन्द सत्रको कार्यक्रम अगाडि बढाएको कार्यक्रममा निर्वाचन मण्डलका संयोजक मित्र प्रसाद गौतमको संयोजकत्वमा ताराप्रसाद गौतम र हरि गौतम सदस्य रहेको निर्वाचन मण्डल रहेको थियो । निर्वाचन मण्डललाई निवर्तमान अध्यक्ष हरिप्रसाद गौतम, पूर्व अध्यक्ष प्रकाशचन्द्र गौतम, दिनानाथ गौतम लगायतले सहजिकरण गरेका थिए ।
नीतिरमण गौतमको अध्यक्षतामा २१ सदस्य सर्वसम्मत नयाँ कार्यासमिति चयन गरिएको छ । बाँकी आवश्यकता अनुसार ४ सदस्य पछि मनोनित गरिने आयोजकले जनाएको छ । गौतम समाज झापाको नयाँ कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष भागवत गौतम, उपाध्यक्षमा राजकुमार गौतम, उपाध्यक्ष, कृष्णप्रसाद गौतम र महिला उपाध्यक्षमा उर्मिला गौतम, सचिवमा सोमनाथ गौतम सह–सचिवमा बिष्णुप्रसाद गौतम, कोषाध्यक्षमा लक्ष्मीप्रसाद गौतम चयन भएका छन् । त्यस्तै सदस्यहरु लोकनाथ गौतम, हरिप्रसाद गौतम, वेदनिधि गौतम, शान्तादेवी गौतम, पिताम्वर गौतम, हेमराज गौतम, सुमनचन्द्र गौतम, प्रह्लाद कुमार गौतम, रामजीदेवी गौतम, नारायण प्रसाद गौतम, अग्निप्रसाद गौतम, पङ्गलादेवी गौतम र प्रेमकुमार गौतम रहेका छन् ।
त्यस्तै साधारणसभाले शंकर गौतमको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरेको छ । जको सदस्यमा लोकमणि गौतम र भीमप्रसाद गौतम रहेका छन् ।

