मेचीनगर । झापाको मेचीनगर १३ चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका अर्जुन गौतम निर्वाचित भएका छन् । हिजो सम्पन्न निर्वाचनमा गौतम दुई सय ८१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै सचिवमा पनि नेवि संघकै मनिराम बिश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका ईश्वर रिजाल निर्वाचत हुनुभयो । सदस्यहरुमा ५ जना अनेरास्ववियुबाट निर्वाचित भएका छन् भने २ जना नेवि संघबाट छन् ।
अनेरास्ववियुबाट भुगोल भट्टराई, दावा तामाङ, हरि पौडेल, मदन चिमरिया र कैलाश रेग्मी निर्वाचित भए भने, नेविसंघबाट सुजन अर्याल र रोषन पोख्रेल निर्वाचित भए ।
त्रिदेव बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा ६ सय ५४ मत खसेको थियो ।


