संघ \संस्था

‘उद्यमशिलता नै राज्यको समृद्धिको आधार’– पूर्व अध्यक्ष अरुणेश्वर खनाल

बाहुण्डाँगी । नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले हरेक युवाहरुलाई उद्यमशिल बनाउन सकिएमा मात्र देश समृद्ध बन्ने बताउनु भएको छ ।
मंगलवार बीसहजार जेसीजले आयोजना गरेको ‘समृद्धिको आधार युवा उद्यमशिलता’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सिनेटर खनालले लामो समयको कोभिडको असर अहिले पनि व्यवसायमा उत्तिकै रहेको बताउदै उहाँले व्यवसायीहरुको मारलाई बुझेर राज्यले लगानी गर्नु पर्ने बताउनु भएको हो ।

उहाँले हरेक बहानामा हुने बन्द हड्ताल तथा बैंकको चर्काे व्याजका कारण व्यवासयहरु मारमा परेको बताउँदै दक्ष युवाहरु विदेश पलायन हुनु राज्यका लागि ठूलो क्षति भएको बताउनु भएको हो । पूर्व अध्यक्ष खनालले व्यवसायहरुलाई सरल रुपमा ऋण उपलब्ध गराउनु सकियो भने पनि केही हदसम्म सहज हुने बताउनु भयो ।


अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता रुबिन रामुदामले हरेक युवाहरु उद्यमशिल बन्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा विष्णु रामदामले समेत सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।


शाखाकी २०२३ की अध्यक्ष प्रमिला सुवदीको सभापतित्व सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष सन्तोष मजाकोटी, निवर्तमान बेदराज न्यौपाने, लगायतको सहभागिता रहेको थियो ।
कार्यकारीणी उपाध्यक्ष इमामुदिन मियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नबिन बगालेले गर्नु भएको थियो ।