संघ \संस्था

बिसहजार जेसीजको विश्व शान्ति सन्देश अभियान

बाहुण्डाँगी । बिसहजार जेसीजद्धारा विश्व शान्ति सन्देश अभियानको आयोजना गरिएको छ । हरेक क्षेत्रमा शान्तिको अभियान सञ्चालन गर्नु पर्छ भन्ने लक्ष्यका साथ गरिएको कार्यक्रमको सहजीकरण अभियान्ता प्रेम राउतले गर्नु भएको थियो । उहाँले सहभागिहरुलाई समृद्ध राष्ट्र निर्माण हुनका लागि शान्ति र सुव्यवस्था हुनु पर्ने बताउनु भएको थियो ।


शाखाकी २०२३ की अध्यक्ष प्रमिला सुवदीको सभापतित्व तथा नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष जनकराज घिमिरे, निवर्तमान बेदराज न्यौपाने, आत्मा ज्ञान प्रचार संघका सदस्य मनोज श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यकारीणी उपाध्यक्ष जमुना पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नबिन बगालेले गर्नु भएको थियो ।